• शनिबार, भाद्र २० २०८३

केन्द्रीय कारागार अस्पतालमा स्पाइनल हेल्थसम्बन्धी कार्यशाला


सोमबार, भाद्र २५ २०८०
825
Shares

काठमाडौं-  राष्ट्रिय फिजियोथेरापी दिवसको अवसरमा केन्द्रीय कारागार अस्पतालले काभ्रेस्थित स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रको प्राविधिक सहयोगमा एक दिने स्पाईनल हेल्थसम्बन्धी कार्यशाला तथा तालिम सम्पन्न गरेको छ।

केन्द्रीय कारागार अस्पतालका चिकित्सक, नर्स तथा कर्मचारी र केन्द्रीय सुधार गृह, भद्र सुधार गृह तथा महिला सुधार गृहका नाइकेहरु, कैदीबन्दी लगाएत ७० जनाभन्दा बढीको सहभागिता थियो।

केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेट डा प्रकाश बुढाथोकीले उद्घाटन गरेको उक्त कार्यशालामा केन्द्रका निर्देशक डा राजु ढकालको टिमले अभिमुखीकरण , प्रयोगअभ्यास, खतराका चिन्हहरु तथा रोकथामका उपायहरुका बारेमा प्रस्तूतीकरण गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार