• शुक्रबार, साउन ८ २०८३

मुख्यमन्त्री पाण्डेले गरे नेपाल पत्रकार महासंघ गोरखाको भवन उद्घाटन


आइतबार, भाद्र २४ २०८०
1.8K
Shares

गोरखा । नेपाल पत्रकार महासंघ गोरखा शाखाको भवन उद्घाटन भएको छ । शनिबार एक कार्यक्रमका बीच गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नवनिर्मित भवनको उदघाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले पत्रकार जगतमा बिकृति फैलिएको बताए । ‘स्वतन्त्रताको नाममा छाडातन्त्र मौलाउँदै गएको अवस्था देखिएको छ’ उनले भने, ‘पत्रकारिता जगतमा धेरै पत्रकार साथीहरु इमानदारीपूर्वक काम गरेर पत्रकारिताको मर्यादालाई कायम राखेका छन्, तर केहीले पत्रकारिताको नाममा जस्तो किसिमको सूचना सम्प्रेषणहरु गरिरहनु भएको छ त्यसले सिङ्गो पत्रकारिता जगतमाथि नै प्रश्नचिन्ह खडा गर्ने परिस्थिति सिर्जना भएको छ ।’

महासंघलाई उक्त भवन निर्माण गर्नका लागि वडा नं. ८ का सम्भु खत्रीले २ आना जग्गा दान गरेका थिए । बाँकी जग्गा महासंघ आफैले खरिद गरेको हो ।

संघका अध्यक्ष नरहरि सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेल, प्रदेश अध्यक्ष नारायण शर्मा, गण्डकी प्रदेश सभा सदस्य एवं नेपाली काँग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्ण देवकोटा, संस्थापक अध्यक्ष किशोरजंग थापा लगायतले मन्तव्य राखेका थिए ।

महासंघकी उपाध्यक्ष रेनु श्रेष्ठले भवन निर्माण समितिको आर्थिक प्रतिवेदन पेश गरेकी थिइन । उक्त भवन निर्माण गर्न ५१ लाख खर्च भएको छ । उदघाटन कार्यक्रमकै अवसरमा जग्गा दाता शम्भु खत्री लगायत भवन निर्माणमा सहयोग पु¥याउने संस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार