• शनिबार, साउन ९ २०८३

नेपानको अध्यक्षमा भोला भट्टराई


आइतबार, भाद्र २४ २०८०
3.6K
Shares

काठमाडौं । नेपाल सहभागितामूलक कार्य समूह (नेपान) को अध्यक्षमा भोला भट्टराई चयन भएका छन् । वातावरण, मानव अधिकार तथा पैरवी अभियानमा संलग्न अधिकारकर्मी भट्टराईको नेतृत्वमा नेपान को नयाँ कार्य समिति चयन भएको हो ।

नेपालभित्र तथा अन्तराष्ट्रिय स्तरमा कार्यरत विकास प्रोफेशनल तथा विचार समूहको रुपमा परिचित करीव ४ सय विज्ञ तथा विभिन्न पेशामा संलग्न व्यक्तिहरुको नेटवर्क नेपानको २९ औं वार्षिक साधारणसभाले आगामी दुई वर्षको लागि भट्टराईको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।

नव गठित कार्य समितिमा डा. अनोज क्षेत्री (निवर्तमान अध्यक्ष) सदस्यहरुमा डा. रोजी जोशी, डा. जानुका न्यौपाने, डा. नरेन्द्रसिं ठगुन्ना, श्रीराम के.सी., विजया खनाल, श्रीजना देव, रामहरी अधिकारी, गिरी पन्थी र कोषाध्यक्षमा रुपा बस्नेत चयन भएका छन् ।

विकास प्रकृयामा समावेशीकरण, सामाजिक न्याय, जवाफदेहिता अभिवृद्धि, नागरिक आवाज मार्फत शासकीय प्रकृयामा सुधार गर्ने उदेश्य सहित नेपानले सन् २०२३ देखि २०२७ सम्मको रणनीति समेत साधारण सभाबाट पारित भएको छ ।

साधारणसभाको क्रममा शिक्षा क्षेत्रको रुपान्तरणका विषयमा नीतिगत बहस समेत आयोजना गरिएको थियो । उक्त बहसमा डा.विष्णु राज उप्रेती, सह–प्रध्यापक डा. प्रकाशचन्द्र भट्टराई, डा. मिनाक्षी दाहाल, ए आई येन का अध्यछ भगवान श्रेष्ठ लगायत प्यानलिष्टले शिक्षाको रुपान्तरणको सवालमा आ–आफ्नो धारणा राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार