काठमाडौं । मोरक्कोमा शुक्रबार राति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ । त्यहाँको गृह मन्त्रालयका अनुसार गम्भीर घाइतेहरुको संख्या १४ सयभन्दा बढी छ।
भूकम्पले निम्ताएको विनासपछि सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । साथै भूकम्प पीडितहरुलाई आवास, खाना र अन्य सहयोगका लागि आह्वान गरेको छ । भूकम्पका कारण घर छाडेकाहरु धेरै मानिसहरुले दोस्रो दिनको रात पनि खुल्ला आकास मुनि बिताएका छन् ।
शुक्रबार राति स्थानिय समय अनुसार ११ः११ बजे गएको ६.८ म्याग्निच्युडको भुकम्पको ग्रामीण क्षेत्रबाट पुर्ण विवरण आइनसकेकोले क्षतिको संख्या बढ्न सक्ने जनाइएको छ ।
खोज तथा उद्धार कार्य जारी छ । शक्तिशाली भूकम्पपछि संयुक्त राष्ट्रसंघ लगायत विभिन्न राष्ट्रहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।