• शनिबार, साउन ९ २०८३

गाेरखासहित गण्डकीका ४ जिल्लामा थपिए ३८ जना काेराेना संक्रमित (विवरण सहित)


आइतबार, जेष्ठ २५ २०७७
780
Shares

गोरखा । गण्डकी प्रदेशमा ३८ जना संक्रमित थपिएका छन् ।

आइतबार बिहानकाे विवरण अनुसार स्याङ्जा, गाेरखा, बागलुङ र नवलपुरमा गरी ३८ जना थपिएका हुन् ।

याेसँगै गण्डकीमा संक्रमितकाे संख्या १ सय १३ पुगेकाे छ ।

गोरखामा काेराेना संक्रमण देखिने मध्य गण्डकी गाउँपालिकाका ९ जना र पालुङ्टार नगरपालिकाका एक जना रहेकाे बताइएकाे छ ।

गण्डकीका ९ जना गाउँपालिकाकै क्वारेन्टिनमा रहेकाे तर पालुङ्टारका एक जना भने जिल्ला प्रहरी कार्यालय गोरखाकाे हिरासतमा रहेकाे खुलेकाे छ । उनी १७ बर्षका युवा रहेकाे बताईएकाे छ ।

त्यस्तै गण्डकी गाउँपालिकामा संक्रमण देखिएका मध्ये सबै पुरुष रहेकाे स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । उनिहरु २५, ३२, २०, ४३, ३०, २०, २१, २१ र २३ बर्षका रहेका छन ।

उनिहरुलाई केहि बेरमा गाेरखा अस्पतालकाे आईसाेलेशनमा ल्याउने तयारी रहेकाे अस्पताल स्राेतले बताएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार