काठमाण्डाै । शक्तिशाली भूकम्पमा परि मोरोक्कोमा ६३२ जनाको मृत्यु भएको छ ।
पर्यटकीय शहर माराकेशबाट ७१ किलोमिटर दक्षिण पश्चिममा केन्द्रबिन्दु बनाएर शुक्रबार राति ११ बजेर ११ मिनेटमा ६.८ म्याग्नेच्युडको भूकम्प जाँदा ६३२ जनाको मृत्यु भएको सिएनएनले जनाएको छ ।
ठुलो मानवीय क्षति माराकेश शहरमा भएपनि अन्य पाँच प्रान्तमा पनि भूकम्पको धक्का महशुस भएको थियो।
घाइतेको उपचारका लागि आवश्यक पर्ने हुँदा रक्तदान गर्न मोरोक्कन सरकारले आफ्ना नागरिकहरूलाई छ ।
भूकम्पले थुप्रै भवन, सडकहरू भत्किएको र अवरूद्ध भएकाले पनि उद्धार गर्न समस्या भइरहेको सिएनएनले जनाएको छ।
शक्तिशाली भूकम्पपछि संयुक्त राष्ट्रसंघ लगायत विभिन्न राष्ट्रहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
-एजेन्सीकाे सहयाेगमा
तस्बीर- एएफपी