• शनिबार, साउन ९ २०८३

कार्यस्थलमा अश्लील हर्कत गर्ने प्रशासकीय अधिकृतलाई कारबाही गर्न सिफारिस

लेखा अधिकृत रेश्मा राईलाई ७ दिन भित्र स्पस्टीकरण माग


शनिबार, भाद्र २३ २०८०
1K
Shares

काठमाडौं । कार्यालयमै लेखा अधिकृत संग अश्लील क्रियाकलाप गर्ने इलामको माईजोगमाई गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई पालिकाले कारवाहीका लागि सिफारिस गर्ने भएको छ

गाउँपालिकाले शुक्रबार पत्रकार सम्मेलन गरी गाउँपालिकाको प्रतिष्ठामा आँच आउने क्रियाकलाप गरेको भन्दै तत्कालिन प्रमुख प्रशासकीय अधिकृत राईलाई कारवाहीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गर्ने भएको हो ।

गाउँपालिकाको भदौ २१ गतेको निर्णय सार्वजनिक गर्दै कार्यालयमा अनैतिक क्रियाकलाप गर्ने प्रमुख प्रशासकीय अधिकृत राईलाई कानुन बमोजिमको कारवाहीका लागि सिफारिस गर्ने र लेखा अधिकृत रेश्मा राईलाई ७ दिनको म्याद दिई स्पस्टीकरण पेश गर्न मौका दिईने गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेले जानकारी दिए ।

लेखा अधिकृत राईलाई स्पष्टीकरण पेश नगरेसम्म लेखा अधिकृतको जिम्मेवारीबाट हटाउने निर्णय भएको उनले जानकारी दिए ।

गत १९ गते प्रमुख प्रशासकीय अधिकृत काजीमान र लेखा अधिकृत रेश्मा बिच कार्यालयमा अनैतिक गतिविधि गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो । भिडियो बाहिरीए पछि दुबै कर्मचारीलाई कारवाही गर्न माग गर्दै दवाब बढेको थियो ।

गाउँपालिकामा गत साउन १८ गते गाउँपालिकामा भएको आगलागिको घटनालाई समेत अनैतिक गतिबिधिको प्रमाण नष्ट गर्न तत्कालीन प्रशासकीय अधिकृत राईले आगजनी गरेको भनेर बिरोध भैरहेको छ ।

आगलागिबाट १३ लाख बढीको क्षति भएको गाउँपालिकाले जनाएको छ ।

अधिकृत राई यसअघि नै सरुवा भएर झापाको बाह्रदशी गाउँपालिका गएका छन् भने लेखा अधिकृत राईले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएकोमा भिडियो बाहिरीएकै दिनदेखी लेखा अधिकृत राई पनि अनुपस्थित छिन् ।

गाउपालिकाले घटनाबाट बिचलित नहुन सबैलाई अपिल गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार