• शनिबार, साउन ९ २०८३

नर्सिङ काउन्सिलको परीक्षामा प्रश्नपत्र आउट गरेको भन्दै ५४ जना परीक्षार्थी कारबाहीमा


शुक्रबार, भाद्र २२ २०८०
965
Shares

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा प्रश्नपत्र आउट गरेको भन्दै ४५ जनाको नतिजा रद्द तथा ९ जनाले तीन वर्ष परीक्षा दिन नपाउने गरी कारबाहिमा परेका छन् ।

गत असार २३ गतेको लाइसेन्स परीक्षामा अल ब्राइट इन्स्टिच्युटको म्यासेन्जर ग्रुपमा प्रश्नपत्र पठाइएको र सो म्यासेज केही समयमै ४०० भन्दा बढी व्यक्तिले हेरेको गरेको पाइएको थियो । त्यस्तै सोही दिन बालाजुस्थित सिद्धार्थ वनस्थली इन्स्टिच्युट, ललितपुरस्थित लिटिल एन्जल्स स्कुल र वाग्मती कलेज काठमाडौं केन्द्रबाट पनि प्रश्नपत्र बाहिरिएको थियो ।

६ हजार १० परीक्षार्थी सहभागी भएको उक्त परिक्षाको नतिजा काउन्सिलले एक महिना स्थगित गरी सार्वजनिक गरेको थियो ।

प्रहरीले गरेको अनुसन्धानबाट दोषि ठहरिएका ती विद्यार्थीलाई काउन्सिलको भदौ १७ गतेको बैठकले कारबाहीको निर्णय गरेको हो ।

कारबाहिमा परेको ५४ जना मध्ये ९ जनालाई तीन वर्ष परीक्षा दिन नपाउने गरी कारबाहि गरेको छ भने उनीहरूविरुद्ध अदालयमा अभियोगपत्र दायर गर्ने तयारी भएको जनाइएको छ ।

Nursing Counsil

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार