• शनिबार, साउन ९ २०८३

कोशीका मुख्यमन्त्री थापालाइ पदमुक्त गरी हिक्मत कार्कीलाई नियुक्त गर्न सर्बाेच्चकाे परमादेश


बिहिबार, भाद्र २१ २०८०
1.2K
Shares

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गरी प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।

प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल अन्सारीलाई मतदान गर्न लगाएर लिएको विश्वासको मत सर्बोच्चका न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले असंबैधानिक ठहर गर्दै पदमुक्त गरेको हो ।

गत १६ साउनमा मुख्यमन्त्री नियुक्त भएका थापाले ४ भदौमा प्रदेशसभाबाट विश्वासको मत संबिधान विपरित एमाले संसदीय दलका नेता कार्की सर्वोच्च गएका थिए ।

विश्वासको मत बदर गर्दै पटक–पटक विश्वासको मत पाउने अवसर दिन नसकिने भन्दै पूर्ण इजलासले अर्को प्रक्रियामा जानुपर्ने आदेश गरेको हो ।

२०७९ मंसिरमा सम्पन्न निर्वाचनपछि पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मतकुमार कार्की नेतृत्वको सरकार २०७९ असार १५ गते ढलेको थियो ।

त्यसपछि असार २१ गते मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई सभामुख बाबुराम गौतमको समर्थन असंबैधानिक भन्दै सर्वोच्चले साउन ११ गते पदमुक्त गरेको थियो ।

पुनः साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थापाले भदौ ४ गते विश्वासको मत लिदा अध्यक्षता गरेका व्यक्तिले मत दिएको संविधानसम्मत नदेखिएको भन्दै भदौ २१ मा उनलाई बर्खास्त गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार