• शनिबार, साउन ९ २०८३

अञ्जनीकुमार झा चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त


बिहिबार, भाद्र २१ २०८०
1.8K
Shares

काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राध्यापक डाक्टर अञ्जनीकुमार झा नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा. डा. झा लाई उपाध्यक्षमा नियुक्त गरेको हो । डा. झा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष हुन् ।

उक्त पदका लागि तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस भएको थियो ।

सिफरिस हुनेहरुमा झा सहित डा. प्रविण मिश्र र डा. श्रीकृष्ण गिरी रहेका थिए ।

वर्तमान उपाध्यक्ष डा. गिरीको कार्यकाल भदौ २५ मा सकिँदैछ ।

९ जनाको परेको आवेदनमा उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले भदौ १७ र १८ गते अन्तरर्वार्ता र प्रस्तुतिकरण गरेर तीन जनाको नाम सिफरिस गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार