• शनिबार, साउन ९ २०८३

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस


बिहिबार, भाद्र २१ २०८०
1.1K
Shares

काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस भएको छ ।

सिफरिस हुनेहरुमा डा. अञ्जनीकुमार झा, डा. प्रविण मिश्र र डा. श्रीकृष्ण गिरी रहेका छन् ।

डा. झा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष हुन् भने गिरी आयोगका वर्तमान उपाध्यक्ष हुन् । त्यस्तै, डा. मिश्र पूर्वस्वास्थ्य सचिव हुन् ।

वर्तमान उपाध्यक्ष डा. गिरीको कार्यकाल भदौ २५ मा सकिँदैछ ।

सिफारिस भएका तीन मध्ये एक जनालाई मन्त्रिपरिषद्ले आयोगको उपाध्यक्षमा नियुक्ति गर्छ ।

९ जनाको परेको आवेदनमा उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले भदौ १७ र १८ गते अन्तरर्वार्ता र प्रस्तुतिकरण गरेर तीन जनाको नाम सिफरिस गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार