• शुक्रबार, साउन ८ २०८३

सुदूरपश्चिम डेंगु संक्रमणको जोखिममा


बिहिबार, भाद्र २१ २०८०
1.2K
Shares

काठमाण्डौं । सुदूरपश्चिम प्रदेशमा डेंगु संक्रमण बढ्दो देखिएको छ ।

स्वास्थ्य निर्देशनालय सुदूरपश्चिमले प्रदेश डेंगुको उच्च जोखिममा रहेको जनाएको हो ।

दिनप्रतिदिन उच्च संख्यामा डेंगुका संक्रमित फेला पर्न थालेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार पछिल्लो आठ महिनामा प्रदेशमा छ सय ८० जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ ।

निर्देशनालयले प्रदेशभरिमा सबैभन्दा बढी कैलालीमा दुई सय ३२ जनामा डेंगु संक्रमण देखिएको जनाएको छ र सबैभन्दा कम बैतडीमा छ जनामा डेंगु संक्रमण देखिएको जनाएको छ । दार्चुलामा एक सय ९४, कञ्चनपुरमा एक सय २३, अछाममा ५२, बाजुरामा ३२, डोटीमा १९, बझाङमा १२ र डडेल्धुरामा १० जनामा सङ्क्रमण पुष्टि भएको छ । गत वर्ष यस प्रदेशमा एक हजार दुई सय ८९ जनामा सङ्क्रमण देखिएकामा चार जनाको मृत्यु भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार