• आइतबार, साउन १० २०८३

१० दिनदेखि बेपत्ता डा. कोइरालाको शव सुनसरीको भंगालोमा भेटियो


बिहिबार, भाद्र २१ २०८०
790
Shares

काठमाडौं । १० दिनदेखि बेपत्ता भएका डा. प्रज्वल कोइरालाको मृत शरीर बुधबार सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित कोशीको भंगालोमा भेटिएको छ ।

गत भर्दौ १० गते मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीबाट ड्युटी सकेर हिडेका कोईराला राति २ बजे कोशी पुल नजिकै गाडी राखेर बेपत्ता भएका थिए ।

सुनसरी र उदयपुर जोड्ने कोशी पुलमा उनले प्रयोग गरेको मोबाइल र जुत्ता फेला परेपछि आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको थियो ।

कोइरालाको मृत शरीर सप्तकोशी नदीको भंगालो नजिकै माछा मार्न गएका स्थानीयले देखेको र प्रहरीले गएर हेर्दा डा. कोईरालाको हुलिया संग मिल्दो जुल्दो भएको सुरक्षा वेस चतराका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोक्काले जानकारी दिए ।

डाक्टर कोइरालाको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।

घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार