काठमाडौँ । उपचार नपाएर बालिकाको मृत्यु भएको विषयमा छानबिन गर्न कान्ति बाल अस्पतालले समिति गठन गरेको छ ।
मकवानपुर थाहा नगरपालिका १० कि पाँच वर्षीय रेजिशा गोपालीको इमर्जेन्सिमा उपचारका लागि कुर्दा कुर्दै सोमबार साँझ मृत्यु भएको थियो ।
डा. प्रकाश जोशीको संयोजकत्वमा गठन गरेको तीन सदस्यिय समितिमा नर्सिङ्ग अधिकृत अजिता सिलवाल सदस्य र शाखा अधिकृत डमरु दाहाल सदस्य सचिव रहेका छन् । घटनाको सत्यतथ्य छानबिन गरी पाँच दिनभित्र प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिएको छ ।
अस्पतालका निर्देशक डा. पंकज रायले बुधबार एक सूचना जारी गर्दै छानबिन समिति गठन गरिएको जानकारी दिएका हुन् ।
