• शनिबार, साउन ९ २०८३

ब्रेकिङ : गोरखामा एकै पटक १० जनामा कोरोना संक्रमण भेटियाे


आइतबार, जेष्ठ २५ २०७७
1.3K
Shares

माेहसिन अलि मियाँ

गोरखा । गोरखामा एकै पटक दश जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

भारत लगायत बिभिन्न जिल्लाबाट आएर क्वारेन्टिनमा बसेकाको पिसिआर परिक्षण गर्दा शनिबार राती १० जनामा कोरोना संक्रमण देखिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेकाे छ ।

काेराेना संक्रमण देखिने मध्य गण्डकी गाउँपालिकाका ९ जना र पालुङ्टार नगरपालिकाका एक जना रहेकाे बताइएकाे छ ।

गण्डकीका ९ जना गाउँपालिकाकै क्वारेन्टिनमा रहेकाे तर पालुङ्टारका एक जना भने जिल्ला प्रहरी कार्यालय गोरखाकाे हिरासतमा रहेकाे खुलेकाे छ । उनी १७ बर्षका युवा रहेकाे बताईएकाे छ ।

त्यस्तै गण्डकी गाउँपालिकामा संक्रमण देखिएका मध्ये सबै पुरुष रहेकाे स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । उनिहरु २५, ३२, २०, ४३, ३०, २०, २१, २१ र २३ बर्षका रहेका छन ।

उनिहरुलाई केहि बेरमा गाेरखा अस्पतालकाे आईसाेलेशनमा ल्याउने तयारी रहेकाे अस्पताल स्राेतले बताएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार