काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर मनाइदै छ ।
भगवान श्रीकृष्णको जन्म भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिन वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाउँने चलन छ ।
आज बिहानै देखि पाटनको कृष्ण मन्दिरमा भक्तजनको ठूलो मेला लागेको छ । त्यस्तै देशभरका विभिन्न स्थानमा रहेका कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ ।
आजको दिन व्रत बसी श्रीकृष्णको पूजा–आराधना, भजनकीर्तन गरि रातभर जाग्राम बस्ने चलन छ ।