• शनिबार, साउन ९ २०८३

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा मिति परिबर्तन


बुधबार, भाद्र २० २०८०
1.8K
Shares

काठमाडौं । कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको मिति परिबर्तन भएको छ ।

राष्ट्रिय परिक्षा बोर्डले मंगलबार सुचना जारि गर्दै यही असोज ६ र ७ गतेलाई तय भएको परीक्षा असोज ९ र १० गतेलाई तय गरेको हो ।

बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म सञ्चालन हुने परिक्षाको असोज ९ गते मङ्गलबार अनिवार्य अङ्ग्रेजी र एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूले जुनसुकै विषयको परीक्षा दिन पाउने छन्।

दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयमा ग्रेडवृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) विषयको परीक्षा दिनुपर्ने छ ।

अन्यको हकमा सानो कोड नम्बर भएको विषय पहिलो दिन र ठूलो कोड नम्बर भएको विषयको परीक्षा दोश्रो दिन दिनु पर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार