• शनिबार, साउन ९ २०८३

कोरोनाबाट थप दुई जनाको मृत्यु, मृतकको संख्या १३ पुग्यो


शनिबार, जेष्ठ २४ २०७७
770
Shares

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप दुई जनाकाे ज्यान गएकाे छ । शनिबार काेराेनाका कारण कैलाली र डोल्पामा एक-एक जनाको मृत्यु भएको हाे । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको छ ।

उनको कोरोना पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा ५५ वर्षीया महिलाको मृत्यु भएको छ ।

त्यस्तै डोल्पामा पनि एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाँउपालिका-३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो ।

उनि जेठ १८ गते नेपालगञ्ज-सुर्खेत-जुम्ला हुँदै डोल्पा पुगेका थिए र आरडीटी रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको थियो ।

उनको उनको २० गते निधन भयो । निधनपछि पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । उनी लामो समयदेखि दमको रोगले पीडित थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार