• शनिबार, साउन ९ २०८३

सीटीईभीटीले दलित कोटामा बाहुन र मुस्लिम कोटामा अन्यलाई छात्रवृत्ति दिएपछि..


बुधबार, भाद्र २० २०८०
1.2K
Shares

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले दलितलाई दिनुपर्ने छात्रवृत्ति गैर दलित र मुस्लिम लाइ दिनुपर्ने छात्रवृत्ति गैर मुस्लिमलाई दिएको पाइएको छ ।

सीटीईभीटी मधेस प्रदेशले सोमवार प्रकाशन गरेको नतिजामा दलितलाई दिनुपर्ने छात्रवृत्ति गैर दलित झा र यादवलाई तथा मुस्लिम कोटामा पासवानलाई निःशुल्क छात्रवृत्ति सिफारिस गरेको हो ।

सिभिल इन्जिनियरिङ डिप्लोमाको नतिजामा दलितलाई प्रदान गर्नुपर्ने छात्रवृत्ति डब्लु कुमार यादव र कार्तिकेश झा लाई सिफारिस गरेको थियो ।

मुस्लिम कोटामा गैर मुस्लिम विकास पासवानको नाम सार्बजनिक गरेको छ भने डिप्लोमा जियोमेट्रिकस इन्जिनियरिङ तर्फको नतिजामा राजाबाबु यादवलाई मधेसी दलित कोटामा नाम राखेको छ ।

नतिजामा गम्भीर लापरबाही भेटिएपछि परिषद्ले मंगलबार सुचना निकाल्दै नतिजा हाललाइ स्थगन गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार