• शनिबार, साउन ९ २०८३

कोशी प्रदेशका मुख्यमन्त्री विरुद्धको रिट दुइ दिनदेखि हेर्दाहेर्दैमा


मंगलबार, भाद्र १९ २०८०
1.7K
Shares

काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भन्दै परेको रिट संगलबार पनि हेर्दाहेर्दैमा  परेको छ ।

मुख्यमन्त्री उद्धव थापाको पक्षबाट बहस नसकिएपछि हिजो देखि सुरु भएको सुनुवाइ मंगलबार पनि हेर्दाहेर्दैमा परेको हो ।

एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटको सुनुवाइ न्यायाधीशहरू सपना प्रधान मल्ल, डा.कुमार चुडाल र नहकुल सुवेदी रहेको पूर्ण इजलासमा सुनुवाइ जारि छ ।

प्रदेश सभाबाट जेठ ४ गते मुख्यमन्त्री थापाले लिएको विश्वासको मत असंवैधानिक भन्दै एमालेका कार्कीले जेठ ६ मा सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिट निवेदक कार्कीका तर्फबाट सोमबार वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, टिकाराम भट्टराई, रमेश बडाल, रविनारायण खनाल, डा.सुरेन्द्र भण्डारी, बाबुराम दाहाल, उषा मल्ल पाठक र अधिवक्ता शान्तिराम खतिवडा लगायतको बहस सकिए पनि मुख्यमन्त्री थापाको तर्फबाट बहस नसकिएपछि फैसला पछाडि सरेको हो ।

बुधबार सार्वजनिक विदा परेका कारण बिहीबार बाँकी बहस हुने र निबेदकका तर्फबाट जवाफि बहस भए पछि सम्भवत सोहि दिन फैसला आउने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार