काठमाण्डाै । सिटिजन लाइफ इन्स्योरेन्सले निष्काशन गरेको आईपीओमा अन्तिम दिनसम्म माग भन्दा १.८६ गुणा बढी आवेदन परेको छ ।
भदौ १५ गते आइतबारदेखि ९० लाख कित्ता शेयर प्रिमियममा सर्वसाधारणका लागि जारी गरेको इन्स्योरेन्सको आईपीओमा १५ लाख १० हजार भन्दा बढीको आवेदनमा १ करोड ६७ लाख ९० हजार १८० कित्ताका लगि आवेदन परेको केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) ले जनाएको छ ।
विवरण अनुसार आईपीओ भर्नेमध्ये ६ लाख भन्दा धेरैको हात खाली हुने भएको छ ।
इन्स्योरेन्सले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर २४४ रुपैयाँमा शेयर निष्काशन गरेको थियो ।