• शनिबार, साउन ९ २०८३

प्रधानमन्त्री विदेश जानुअघि शिक्षा विधेयक टेबुल हुन्छः मन्त्री राई


मंगलबार, भाद्र १९ २०८०
2K
Shares

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विदेश भ्रमण अगाडि विद्यालय शिक्षासम्बन्धी विधेयक सङ्घीय संसदमा टेबुल हुने बताएका छन् ।

विधेयकमा आफूहरूको मुद्दा सम्बोधन गरी छिटो ल्याउन ध्यानाकर्षण गर्न आज (मङ्गलबार) सिंहदरबारस्थित कार्यकक्षमा पुगेको नेपाल शिक्षक महासङ्घको टोलीलाई उहाँले उक्त जानकारी गराउनुभएको महासङ्घका अध्यक्ष कमला तुलाधरको नेतृत्वको टोलीमा सहभागी नेपाल विद्यालय परिषद्का अध्यक्ष गङ्गाराम तिवारीले जानकारी दिए ।

उक्त विधेयक एक महिनाअघि मन्त्रिपरिषदबाट पारित भए पनि सरोकारपक्षको विरोधका कारण मन्त्रिपरिषदमै पुनः विचारको स्थितमा छ । विधेयकमा समेटिनुपर्ने सरोकारवालाका विषयलाई सम्बोधन गर्न उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल गठन गरिएको छ ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन यही भदौ अन्तिम साता संयुक्त राज्य अमेरिका जाँदै छन् ।

रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार