• शुक्रबार, साउन ८ २०८३

क्यानडा पठाइदिने भन्दै ३४ लाख बढी ठगी, दुई जना पक्राउ


मंगलबार, भाद्र १९ २०८०
2.3K
Shares

सामाजिक सञ्जालमार्फत क्यानडामा आकर्षक रोेजगारीको अवसर देखाएर गठी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ का ३० वर्षीय लक्ष्मण नेपाली र सप्तरीको राजविराज नगरपालिका ४ का ३० वर्षीय महावीर प्रसाद साह रहेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार उनीहरुले सामाजिक सञ्जाल इन्टाग्रामको टाइमलाइन स्टोरीमा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारको लागि क्यानडा जान वर्कपरमिट भिसा पाइने भनि नक्कली विज्ञापन पोस्ट गरेका थिए।

साथै, क्यानडा जान ईच्छुक इन्स्टाग्राम प्रयोगकर्तासँग सम्पर्क गरी ‘तपाईंलाई क्यासियरको काम लगाई दिन्छु,  मासिक पाँच हजार सात सय क्यानडियन डलर (नेपाली रु ५ लाख ४५ हजार) तलब हुन्छ, प्रोसेसिङको लागि तपाईले आईएलटीएस सर्टिफिकेट, सीभी, राहदानी, शैक्षिक योग्यताको प्रमाणपत्रहरु पठाईदिनुहोस् भनी पटक–पटक ह्वाट्सएप च्याट गरेपछि पीडितले आफ्नो उल्लेखित कागजातहरु पठाएका थिए।

तत्पश्चात क्यानडा प्रोसेसिङ्ग गर्नको लागि (हेल्थ इन्सोरेन्स, सेक्युरेटी डिपोजिट, एलोकेटेड फन्ड, भिसा भेरिफिकेसन डीएचएल मार्फत कागजातहरु पठाउन) रकम तिर्नुपर्छ भनी पीडितलाई नेपालमा रहेका विभिन्न ब्यक्तिहरुको नाममा सञ्चालित बैंक खाताहरुमा पटक–पटक गरी जम्मा रु ३४ लाख ५७ हजार रकम पठाउन लगाएर अनलाइन मार्फत ठगी गरेको प्रहरीले जनाएको छ।

सो कार्यमा संलग्न नेपाली र साहलाई पक्राउ गरी ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर, भक्तपुर, पठाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार