• शनिबार, साउन ९ २०८३

गण्डकी प्रदेशका ४ जिल्लामा देखियो थप १७ जनामा कोरोना, संक्रमित ७५ पुगे


शनिबार, जेष्ठ २४ २०७७
770
Shares

गण्डकी प्रदेशका चार जिल्लामा गरेर शनिबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको  प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।

निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले शनिबार बिहान प्रेस विज्ञप्ति जारी गरी स्याङ्जामा १०, कास्की र पूर्वी नवलपरासीमा ३-३ तथा बागलुङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

संक्रमित १६ देखि ५९ वर्ष उमेर समूहका छन्। संक्रमित सबै पुरुष हुन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार