• बिहिबार, असोज ८ २०८३

कोशीका मुख्यमन्त्री विरुद्ध परेको रिटको सुनुवाइ आज


आइतबार, भाद्र १७ २०८०
1K
Shares

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको असंबैधानिक रहेको भन्दै परेको रिटमा आज सर्वोच्चमा अन्तिम सुनुवाइ हुदैछ ।

गत आइतबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परेर पनि न्यायाधिष खतिवडाले ‘हेर्न नमिल्ने’ भनेपछि सुनुवाइ आजलाइ सरेको हो ।

विश्वासको मत लिँदा प्रदेशसभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्यले समेत मत दिएको भन्दै मुख्यमन्त्री थापाले उक्त जेष्ठ सदस्यको मत संविधान विपरीत भएको भन्दै पूर्व मुख्यमन्त्री तथा एमाले नेता हिक्मतबहादुर कार्कीले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

रिट निवेदनमा सभाध्यक्ष गर्नेलाई मताधिकारको अधिकार नरहेको दाबी पेश गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार