काठमाडौँ। दोलखाबाट काठमाडौँ आउँदै गरेको स्कारपियो गए राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
गएराति करिब २ बजे बा १५ च ९३७० नम्बरको स्कारपियो गाडी लामोसाँघु जिरी सडकको सिन्धुपाल्चोकको ५ किलो नजिकै दुर्घटना भएको हो ।
मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र स्थानीय बलबहादुर खत्री रहेको ट्राफिक प्रहरी सिन्धुपाल्चोकले जानकारी दिएको छ ।
त्यस्तै दुर्घटनामा परि ६ जना गम्भीर घाइते भएका छन् ।