• मंगलबार, असोज १३ २०८३

आजै थपिए २७८ जना कोरोनाका बिरामी, संक्रमितको संख्या ३ हजार नजिक


शुक्रबार, जेष्ठ २३ २०७७
1K
Shares

आज शुक्रबार नेपालमा २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशभरबाट थप २७८ जनाको रिपोर्ट पोजिटिभ आएको बताए। संक्रमितमध्ये २६७ पुरुष र ११ महिलामा रहेका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार