• शुक्रबार, साउन ८ २०८३

गाउँपालिकाको निर्णय विरुद्ध आरुघाटको एक विद्यालयमा २ हप्तादेखि पठनपाठन ठप्प

गाउँपालिका र विद्यालयवीच टसल


बिहिबार, भाद्र १४ २०८०
2K
Shares

गोरखा । गाउँपालिकाको निर्णय विरुद्ध आरुघाटको एक विद्यालयमा २ हप्तादेखि पठनपाठन ठप्प छ । आरुघाट गाउँपालिका वडा नम्बर ५ को आरुआर्बाङस्थित पाखुरेको मण्डली आधारभूत विद्यालयमा पालिकाको निर्णय विरुद्ध २ हप्ताअघिदेखि पठनपाठन बन्द भएको हो ।

गाउँपालिकाले विद्यालय समायोजन गर्ने निर्णय गरेपछि त्यसको बिरोधमा ब्यवस्थापन समितिसहित स्थानीयले गत भदौ २ गतेदेखि विद्यालय बन्द गरेका हुन् ।

विद्यालय समायोजन भन्दै गत भदौ १ गतेको आरुघाट गाउँकार्यपालिका बैठकले उक्त विद्यालयको तह घटाउँने निर्णय गरेको थियो । त्यससंगै विद्यालयमा हाल रहेको सरकारको दुईवटै दरवन्दी कटौती गर्ने निर्णय समेत बैठकले गरेपछि स्थानीय विरोधमा उत्रिएका हुन् ।

कक्षा १ देखि ५ सम्म संचालनमा रहेको उक्त विद्यालयमा हाल २५ जना बिद्यार्थी अध्ययनरत रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष रत्न बहादुर गुरुङले बताए ।

‘हाम्रो विद्यालयको तह घटाउन जरुरी नै छैन, पालिकाले विभिन्न बहाना बनाएर यहाँको बालबालिकाको शैक्षिक अधिकारमाथी हस्तक्षेप ग¥यो’ अध्यक्ष गुरुङ भन्छन् ‘बिद्यार्थी संख्या कम भएको विद्यालय मर्ज गर्नु दरवन्दी कटौती गर्नु ठिकै हो तर हाम्रोमा बिद्यार्थी संख्या राम्रै छ, यहाँबाट ति स–साना विद्यार्थी ३ वटा खोला तर्दै अर्को स्कुलमा जान पनि सक्दैनन्, यो बाध्यता पालिकाले बुझ्नुपर्छ ।’

भएको २ दरबन्दी कटौती गरेपछि बालबालिका विद्यालय पठाउनु र नपठाउनुको अर्थ नरहेको उनको भनाई छ । विद्यालयको तह नघटाई कटौती गरिएको शिक्षक दरवन्दी यथावत नगरेसम्म विद्यालय नखोल्ने अभिभावकहरुको अडान रहेको समेत उनले जानकारी दिए ।

यता गाउँपालिका भने विद्यालयको भवन जीर्ण रहेको र भौगोलिक रुपमा समेत त्यस क्षेत्र पहिरोको उच्च जोखिममा रहेकाले उक्त विद्यालय समायोजन गर्ने र सरकारले दिएको २ वटै दरबन्दी कटौती गर्ने निर्णय गरिएको बताउँछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार