• आइतबार, साउन १० २०८३

एन्टीबायोटिक औषधिको लेबलमा रातो धर्का राख्न विभागको निर्देशन


बिहिबार, भाद्र १४ २०८०
1.8K
Shares

काठमाडौं । औषधि व्यवस्था विभागले एन्टीबायोटिक औषधिको लेबलमा रातो धर्का राख्न सरोकारवालालाई निर्देशन दिएको छ ।

एन्टीबायोटिक औषधिको जथाभावी प्रयोगलाई रोक्न सरकारले औषधिको खोलमा रातो धर्का (रेड लाइन) राख्न निर्देशन दिएको हो ।

विश्व स्वास्थ्य संगठनले तयार गरेको ग्लोबल एक्सन प्लान र सोही आधारमा नेपालमा पनि नेशनल एक्सन प्लान तयार गरी लागू गर्ने चरणमा रहेको सन्दर्भमा यो योजना अनुरुप प्रयोगकर्ता लगायत गैर स्वास्थ्यकर्मीलाई सजिलै पहिचान गर्न तथा सो सम्वन्धी चेतनामुलक सन्देश प्रवाह गर्न यस्तो व्यवस्था लागू गर्न औषधि सल्लाहकार समितिको ५५ औ बैठकले नै सिफारिस गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार