• आइतबार, साउन १० २०८३

रुकुम पश्चिम घटनाबारे संसदीय विशेष छानबिन समिति गठन हुने


शुक्रबार, जेष्ठ २३ २०७७
1.4K
Shares

काठमाडौँ । रुकुम पश्चिमको सोतिमा ६ जना युवाको ज्यान जाने गरी भएको जातिय विभेदको घटनाको सम्बन्धमा निष्पक्ष छानविन गर्न संसदिय छानविन समिति गठन हुने भएको छ ।

आज भएको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले घटनाको निष्पक्ष छानविनको लागि संसदिय समितिको माग गर्दै सदनमा विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई घटनाको सत्यतथ्य छानवनका लागि संसदिय विशेष समिति बनाउने जानकारी दिएका हुन् ।

गत जेठ १० गते भएको उक्त घटनामा ६ जना युवाहरूको मृत्यु भएको थियो । घटनामा जाजरकोटका नवराज वि.क. सोतिकी मल्ल थरकि युवती विबाह गर्न साथिहरु सहित त्यहा पुगेका थिए । त्यस पछि स्थानियले दलित युवा माथि हमला गरी हत्या गरेर भेरी नदिमा फालेको आरोप पीडित पक्षले लगाएको छ ।

शुक्रबारको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्षा भुषालले संसदीय समिति बनाएर छलफल गर्नुपर्ने माग गरेलगत्तै सभामुख सापकोटाले घटना छानविनका लागि संसदिय समिति बनाउने बताएका हुन् ।

संसदीय समितिमा कसकसलाई राख्ने भन्ने राजनीतिक दलहरूसँग छलफलपछि टुंगो लगाउने सभामुख सापकोटाले बताए ।

उक्त घटनामा जाजरकोटका नवराज विक, गणेश बुढामगर, टीकाराम नेपाली, लोकेन्द्र सुनार, गोविन्द शाही र सञ्जु विक को मृत्यु भएको थियो । घटनामा संलग्न रहेको आरोपमा वडाध्यक्ष डम्मरबहादुर मल्लसहित १२ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरीरहेको छ । घटनामा संलग्न हाल फरार रहेका थप ८ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यस अघि घटनाको छानबिन गर्नका लागि गृहमन्त्रालयले सहसचिवको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिप्रति आफ्नो विश्वास नरहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार