काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदकालागि ९ जनाको आवेदन परेको छ ।
नाम सिफारिस गर्न गठित सिफारिस समितिले प्रस्तुतिकरण एवं अन्तर्वार्ताका लागि सूचना प्रकाशित गरेको हो ।
उपाध्यक्ष पदकालागि आयोगका वर्तमान उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले पुनः आवेदन दिएका छन् । त्यस्तै अन्यमा प्रा.डा. संगीता सिंह भण्डारी, प्रा. डा. सुमनकुमार श्रेष्ठ, डा. प्रविण मिश्र, प्रा.डा. पियुस दाहाल र प्रा.डा. विधाननिधि पौडेल, डा. प्रमोदकुमार यादव, डा. अञ्जनीकुमार झा र प्रा.डा. मनेनप्रसाद गोर्खालीले आवेदन दिएका छन् ।
उम्मेदवारहरुले सोचपत्रको प्रस्तुतिकरण भदौ १५ गते ३ बजेभित्र समितिको सचिवालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा पेश गर्न समय दिइएको छ ।