• शुक्रबार, साउन ८ २०८३

बुंकाेटका जेष्ठ र अपांगता भएका नागरिकलाई वडाले दियाे सहायता सामाग्री


बुधबार, भाद्र १३ २०८०
1.3K
Shares

गोरखा । शहिद लखन ८ का १६ जनालाई सहायता सामाग्री शहिद लखन गाउँपालिका ८ ले वडाभित्रका १६ जना व्यक्तिलार्ई सहायता सामाग्री वितरण गरेको छ ।

आर्थिक वर्ष २०७९/०८० को योजना कार्यक्रम अनुसार पालिकाले वडाका जेष्ठ नागरीक र अपांगता भएका १६ जनालाई सहायता सामाग्री वितरण गरेको हो ।

वडा भित्रमा जेष्ठ नागरीक, अपांगता भएकाहरुलाई टेवा पुर्याउने उदेश्यले सहायता सामाग्री वितरण गरिएको वडाध्यक्ष बासुदेव ढकालले जानकारी दिए ।

अपांगता र जेष्ठ नागरीकहरुलाई १३ वटा लौरो, २ थान ह्विलचियर र एक थान बेड म्याट्रेस वितरण गरेको हो । वडाले अपाँगता भयका ब्यक्ति वा आफन्त हरुले वडा कार्यालयमा निबेदन दिन समेत आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार