काठमाडौँ । प्रतिनिधी सभा बैठकमा साँसद असिम शाहले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिभिन्न समसामयिक विषयबस्तुसंग सम्बन्धित रहेर प्रश्न गरेका छन् । भरखरै भारतले चन्द्रमामा यान सफलतापूर्वक अवतरण गराएको प्रशंगदेखि भ्रष्ट्राचारमा आफ्ना पार्टीका मान्छेलाई काखी च्यापेको बिषयसम्म समेटेर साँसद शाहले प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन् ।
आजको सभामा उनिसहित ११ जना साँसदले प्रधानमन्त्रीलाई प्रश्न सोधेका थिए । साँसद शाहले गरेको प्रश्न र प्रधानमन्त्री दाहालको जवाफ यस्तो छ ।
[यो सदनमा केही समय अगाडि भुटानी शरणार्थी प्रकरणमा यो त ट्रेलर मात्र हो पुर फिल्म गज्जव आउछ भन्नु भयो तर जे आयो सारै झुर आयो टालटुले र सजिलै बझ्न सकिने खालको आयो। नक्कली भुटानी शरणार्थीको फाइल खोलेर नेपाली काँग्रेसलाई साइजमा राख्नु भो, ललिता निवास मार्फत समाजवादीलाई साइजमा राख्नु भो, गौर हत्याकाण्ड मार्फत जसपालाई, अनि अव गिरी बन्धु मार्फत नेकपा एमालेलाई साइजमा राख्न ट्राइ गर्दै हुनुहुन्छ, आफ्नो कुर्सी बलियो बनाउन यो राजनीतिक दाउपेच नगरेर कामले जनताको मन जितेर आफ्नो प्रधानमन्त्रीत्वको आयु लामो बनाउन सकिँदैन थियो होला ?
–भारतीय नेतृत्वले अन्तरिक्षयालनाई चन्द्रमामा कसरी सफल अवतरण गराउने भनेर सोचिरहँदा हाम्रो नेतृत्व आफ्ना थ्भक म्यानलाई बचाउने र मुद्दा कमजोर बनाएर सफल अवतरण गराउने भन्ने सोचमा तल्लिन हुनु अत्यन्तै दुखद छ। यताको अनुसन्धान अधिकारीलाई उता, उताको कर्मचारीलाई यता अवतरण गराउनै व्यस्त हाम्रो नेतृत्वबाट सुशासनको आशा कहिले गर्नु होला ?
–छिमेकीले चन्द्रमामा यान पठाउदा मेरो देशले खाडीमा जवान पठाउन बाध्य छ। देशभित्रका विश्वविद्यालयहरु रित्तिँदै छन्। व्यवसायीहरु निरास छन्। खेलाडीहरु पलायन हुँदैछन्। युवा पुस्तामा देश छाड्न लहर नै चलेको छ।
– प्रधानमन्त्रीज्यू चन्द्रयान अहिले माग्दिन तर यसम्यान जोगाउन लाग्दिन भन्ने हजुरको प्रतिवद्धताको कार्यान्वयन कहिले हुन्छरु भ्रष्टाचारमा पनि आफ्नो र अरुको भनेर हेर्ने हो भने हामीले खोजेको सुशासन कहिले आउँछ यो देशमा ?]
प्रधानमन्त्री प्रचण्डको जवाफ
मेरो नेतृत्वमा सरकार गठन भएदेखि आजका दिनसम्म मैले सामाजिक न्यायको प्रत्याभूति सुशासनको सुनिश्चितता र सार्वजनिक सेवा प्रवाहमा सुधारलाइ मुख्य प्राथमिकतामा राख्दै आएको छु । प्रश्नमा भनिएजस्तो सरकारका यी कामहरु कुर्सी टिकाउनका लागि होइनन् बरु देश र जनतामा राजनीतिक प्रणालीप्रति नै वितृष्णा छाएको¸ केही हुन्न सबै उस्तै हुन् भन्ने निराशावादी भाष्य निर्माण गर्न खोजिएको परिस्थितिलाई चिर्न सरकारले एकपछि अर्को राम्रो काम गर्दै आइरहेको छ। भुटानी शरणार्थी प्रकरणलगायत सबै घटनामा राज्यले दबाबरहित तरिकाले निष्पक्ष छानबिन अघि बढाएकै कारण अहिले जनतामा सुशासन सम्भव छ भन्ने आशा पलाएको हो ।
वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई राज्यका तीनै तहमा कडाइका साथ कार्यान्वयन गर्दै आएको छ। यस अवधिमा सार्वजनिक प्रशासनलाई स्वच्छ¸ सक्षम¸ निष्पक्ष¸ पारदर्शी¸ व्यावसायिक र जवाफदेही बनाउँदै भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण गर्न सरकारले विभिन्न नीतिगत¸ कानूनी तथा संस्थागत सुधारलाई अघि बढाएको छ।
सबै किसिमका भ्रष्टाचारलाई तथ्य र प्रमाणको आधारमा अनुसन्धान छानबिन गरी दोषीलाई कानूनको दायरामा ल्याउन सरकार प्रतिबद्ध छ। भ्रष्टाचारको मामलामा यो आफ्नो यो पराया भनेर सरकारले कसैलाई विभेद गरेको छैन। कानूनी समानताको सिद्धान्तलाई सरकारले पूर्णतः आत्मसात् गरेको छ।
हेर्नुहोस सवाल जवाफको भिडियो