काठमाडौं । कलाकार सारुक आत्महत्या प्रकरणमा जोडिएको भनिएकी अभिनेत्री नम्रता श्रेष्ठ पहिलोपटक बोलेकी छन् ।
नम्रताले सोमबार आफ्नो फेसबुकमा यसबारे लामो स्ट्याटस आफ्नो मौनतालाई कमजोरी नठान्न आग्रह गरेकी छन् ।
उनले यस सम्बन्धमा आएका समाचार तथा टिका टिप्पणी प्रति असन्तुष्टि राख्दै घटना केही समय अघिको भएपनि अहिले सामाजिक सञ्जालमार्फत् यसबारे बोल्न बाध्य भएको र वास्तविक सूचना प्रवाह गरेको बताएकी छिन् ।
उनले उनि बिरुद्ध भइरहेका पछिल्ला क्रियाकलापलाई परिवार र कानुनी समूहले नजिकबाट नियालेको जानकारी दिइन् ।
उनले सारुकको निधनप्रति श्रद्धाञ्जली दिँदै उनको आत्महत्याले आफूलाई अचम्मित तुल्याएको बताएकी छिन् ।
घटनापश्चात आफूलाई थुप्रै मिडियाबाट फोन आएको र उनको फोन परिवारले नै ह्यान्डल गर्ने गरेको र मिडियामा बोल्दा अनुसन्धानमा असर पर्ने भन्दै परिवारले यसबारे बोल्न अनुमति नदिएको पनि बताइन् ।
सारुक अभिनीत पछिल्लो फिल्ममा संगै काम गरेको हुनाले प्रहरीले बयानका लागि बोलाउ बोलाएको र प्रहरी प्रशासनले बोलाएका बेला उपस्थित भएर वास्तविक कुराहरू बयान दिनु स्वाभाविक भएको उनको जिकिर छ ।
कालो बोका र बुटीको बारेमा अहिलेको एक्काइसौँ शताब्दीमा आएर यस्तो रुढीवादी कुरा गर्नु युक्ति सङ्गत नभएको उनको भनाइ छ ।
उनले लेखेको स्टाटस यस्तो छ ।
