• आइतबार, साउन १० २०८३

युएई र म्यानमारबाट आज २ सय ६७ जना नेपाली आउँदै


शुक्रबार, जेष्ठ २३ २०७७
900
Shares

NOT A WALK IN THE PARK: Passengers arriving on international flights having to carry baggage as they walk towards the parking area at Tribhuvan International Airport, in Kathmandu, on Sunday, January 13, 2019. Photo: Skanda Gautam/THT

काठमाण्डाै । कोरोना महामारीले विभिन्न मुलुकमा अलपत्र नेपालीमध्ये शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) र म्यानमारबाट दुई सय ७६ जना नेपाल फर्कदै छन् । विभिन्न मुलुकमा अलपत्र नेपालीमध्ये पहिलो दिन शुक्रबार युएई र म्यानमारबाट दुई सय ७६ जना फर्कन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

युएईबाट दुई सय ५० र म्यानमारबाट २६ जना आउँदैछन्। दुवै मुलुकले ती नेपालीलाई ल्याइदिन लागेका हुन्। म्यानमारले आफ्ना नागरिकको उद्धारका लागि नेपाल आउँदा त्यहाँ रहेका नेपालीलाई ल्याइदिने बताइएको छ।

युएईले समस्यामा परेका नेपालीलाई चार्टर्ड उडानमार्फत फर्काउन लागेको हो।

कोरोना महामारीपछि विभिन्न मुलुकबाट करिब १० लाख नेपाली घर फर्कने अनुमान छ। सरकारले पहिलो चरणमा निकै समस्यामा परेकालाई फर्काउने निर्णय गरेको छ। सम्बन्धित मुलुकले नै ल्याइदिने नेपाली आइसकेपछि अरुको उद्धार सुरु हुने मन्त्रालयका अधिकारी बताउँछन्। युएई, कतार, साउदी अरेबिया, मलेसिया जस्ता मुलुकबाट पहिलो चरणमा करिब ४० हजार नेपाली स्वदेश फर्कने अनुमान छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार