• शनिबार, साउन ९ २०८३

काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४ लाख नजिक, ६७ लाखमा संक्रमण पुष्टि


शुक्रबार, जेष्ठ २३ २०७७
845
Shares

Medical workers in protective suits receive a patient at the Wuhan International Conference and Exhibition Center, which has been converted into a makeshift hospital to receive patients with mild symptoms caused by the novel coronavirus, in Wuhan, Hubei province, China February 5, 2020. Picture taken February 5, 2020. China Daily via REUTERS ATTENTION EDITORS - THIS IMAGE WAS PROVIDED BY A THIRD PARTY. CHINA OUT. - RC2UUE9UB2V9

संसारभर अहिलेसम्म ३ लाख ९२ हजार १ सय २५ जनाले भने काेराेना संक्रमणको कारण ज्यान गुमाएका छन्।

त्यस्तै विश्वभरका अहिलेसम्म ६६ लाख ८९ हजार ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसमध्ये अहिले ३० लाख ६८ हजार २ सय ७३ जना उपचारको क्रममा छन्।

संक्रमण भएका विश्वभरका ३२ लाख भन्दा धेरैले कारोना भाइरसलाई जितेका छन्। वर्ल्डओमिटरका अनुसार शुक्रबार बिहान ६ बजेसम्म विश्वभर गरेर ३२ लाख २८ हजार ६ सय ६६ जना संक्रमित उपचारपछि निको भएका छन्।

गएको २४ घण्टामा विश्वभर गरेर ५ हजार ३ सय ३८ जनाले संक्रमणको कारण ज्यान गुमाएका छन्। यस अवधिमा सबैभन्दा धेरै ब्राजिलमा १ हजार ३ सय ३७ जनाले ज्यान गुमाएका छन्।

मेक्सिकोमा १ हजार ९२ जनाले ज्यान गुमाएका छन् भने अमेरिकामा १ हजार ३१ जनाको मृत्यु भएको छ।

बिहीबार भारतमा २ सय ७५ जनाले ज्यान गुमाएका छन्। भारतमा अहिलेसम्म संक्रमणबाट ६ हजार ३ सय ६३ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म २ लाख २६ हजार ७ सय १३ जनामा संक्रमण पुष्टि भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार