• आइतबार, साउन १० २०८३

भरतपुरको क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा पौडेल नियुक्त


सोमबार, भाद्र ११ २०८०
1.7K
Shares

भरतपुर । भरतपुरको क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. शिवजी पौडेल नियुक्त भएका छन्। सोमबार बिहान बसेको अस्पतालको संचालक समितिको बैठकले  पौडेललाई कार्यकारी निर्देशक चयन गरेको सदस्य डा. अनिल बिक्रम कार्कीले जानकारी दिए।

कार्कीका अनुसार पौडेलसहित डा. कृष्णसागर शर्मा र डा. प्रदिप न्यौपानेको नाम सिफारिस भएको थियो। उनीहरुमध्ये पौडेललाई नियुक्त गरिएको हो।
अस्पतालको नियमावली अनुसार संचालक समितिले कार्यकारी निर्देशक चयनका लागि सिफारिस समिति बनाउनु गर्ने प्रावधान छ। डा. मदन उपाध्याय, डा. प्रदीप ज्ञवाली र डा. दिनेश विश्वकर्मा सदस्य रहेको तीन सदस्यीय उपसमिति बनेको थियो।  कार्यकारी निर्देशकको पदावधि तीन वर्षको हुन्छ। पौडेल अस्पतालका मेडिकल अन्कोलोजिष्ट हुन्। उनी नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष समेत छन्।

अस्पताल साढे तीन महिनादेखि कार्यकारी निर्देशकविहीन थियो। कार्यकारी निर्देशक नहुँदा अस्पतालको सेवा प्रभावित भएको छ। अस्पतालको फार्मेसीमा बीमा र विपन्न सहायता सेवाअन्तर्गत सरकारले दिँदै आएको औषधि सकिएको थियो। अस्पतालमा दैनिक प्रयोग हुने स्वास्थ्य सामाग्री अभाव भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार