• शुक्रबार, साउन ८ २०८३

गोरखामा पासपोर्टको अनलाइन फारम भर्न पैसा नलाग्ने !


सोमबार, भाद्र ११ २०८०
3.9K
Shares

गोरखा । गोरखामा जेष्ठ नागरिक, फरक क्षमता भएका र नाबालकको विद्युतीय राहदानीको अनलाइन फारम भर्न रकम नलाग्ने भएको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय गोरखाले एक सूचना प्रकाशित गर्दै जिल्लाभित्रका जेष्ठ नागरिक, फरक क्षमता भएका र नाबालकको राहदानी बनाउँदा अनलाइन फारम कार्यालयले नै निशुल्क भरिदिने ब्यवस्था मिलाएको जानकारी गराएको हो ।

निशुल्क सेवाका लागि कार्यालयको कोठा नम्बर ११० मा जानुपर्ने सहायक प्रजिअ पुष्कर रानाले बताए । यसअघि जेष्ठ नागरिक, फरक क्षमता भएका र नाबालकले समेत आसपासका फोटो स्टुडियोबाट सो सेवा लिदै आएका थिए ।

सेवा लिएवापत फोटो स्टुडियोहरुले एउटा अनलाइन फारम भरेको ५ सयदेखि ५ हजारसम्म शुल्क लिने गरेको गुनासो सेवाग्राहीको थियो । तर जेष्ठ नागरिक, फरक क्षमता भएका र नाबालकबाहेक अन्यले भने कार्यालयबाट सो सेवा निशुल्क पाउने छैनन् । उनिहरु भने अझै सो सेवा लिन फोटो स्टुडियोहरु नै धाउनुपर्ने बाध्यता छ ।

हाल कार्यालयमा वैदेशिक रोजगारी र वैदेशिक अध्ययनका लागि विद्युतीय राहदानी बनाउनेको दैनिक भिड लाग्ने गरेको छ । गत आर्थिक बर्ष २०७९/८० मा मात्रै गोरखाबाट नयाँ र नविकरण गरेर झण्डै १३ हजार जनाले राहदानी लिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार