डाेटी । दुई महिलाले क्वारेन्टिनमै शिशु जन्माएका छन्। भारतबाट रोजगारी गरी फर्किका डोटीका दुई महिलाले क्वारेन्टिनमै शिशु जन्माएका हुन ।
दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाका दुई महिलाले क्वारेन्टिमै शिशुलाई जन्म दिएका हुन्। उनीहरु केही दिनअघि आफ्ना पतिसँगै भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका थिए।
१२ जेठमा भारतबाट घर फर्किएपछि दिपायल सिलगढी नगरपालिका-२ खातीवडास्थित देवी माध्यामिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टिनमा बसेकी २१ वर्षीया गीता आउजीले छोलालाई जन्म दिएकी वडाध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए।
त्यसैगरी शिखर नगरपालिका ३ को भवानी आधारभूत विद्यालय खन्याडी छडिमाण्डौँको क्वारेन्टिनमा बसेकी २५ वर्षीया पुजा सार्कीले पनि छोरालाई जन्म दिएकी छन्।
भारतको मुम्बइबाट १५ जेठमा पतिसँगै घर फर्किएर उनी पनि क्वारेन्टिन बस्दै आएकी थिइन्।