काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आइटी क्षेत्रको बिकास विना बिकास तथा उन्नती हुन नसक्ने बताएका छन् ।
आइतबार वित्तीय साक्षरता टिभी कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले आइटी क्षेत्रमा विकास गरेका देशहरू धेरै अघि बढी रहेको उल्लेख गरे
मन्त्री बस्नेतले आधारभूत स्वास्थ्य, निःशुल्क उपचार र दुर्गम बस्तीमा स्वास्थ्यको पहुँच पुर्याउने कुरालाई सरकारले विशेष प्राथमिकतामा राखेर अघि बढी रहेको बताए उनले दुर्गममा रहेका स्वास्थ्यकर्मीहरुले पनि आइटीको माध्यमबाट धेरै कुरा सिक्न सक्ने बताए ।
मन्त्री बस्नेतले सबै समन्वय मिलाएर काम गर्न सके ५ वर्षभित्रमा देशमा स्वास्थ्य क्षेत्रमा कायापलट गर्न सकिने दाबी गरे ।