सुर्खेत । पश्चिम सुर्खेतमा क्वारेन्टिनबाट घर फर्किएका युवकको मृत्यु कोरोना संक्रमणकै कारण भएको पुष्टि भएको छ।
बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका-१ हाँसेगाउँका २० वर्षीय युवकको स्वाब पीसीआर परीक्षण गर्दा कोरोना भाइरस रहेकाे पुष्टि भएकाे हाे।
शुक्रबार बिहानै विज्ञप्ति जारी गरेर कर्णाली प्रदेश, स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले उनकाे मृत्यु काेराेनाकै कारण भएकाे पुष्टि गरेका हुन्।
यही जेठ ७ गते भारतबाट स्वदेश आएका उनी स्थानीय विद्यापुरस्थित जनता माविकाे क्वारेन्टिनमा बसेका थिए।
आरडीटी परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि उनलाई २१ गते राति घर पठाइएकाे थियाे। तर भाेलिपल्ट बिहीबार बिहानै सवा २ बजे उनकाे मृत्यु भएकाे थियाे।