• शुक्रबार, साउन ८ २०८३

साउनमा मात्रै ५५ हजार बढीले लिए वैदेशिक राेजगारीका लागि श्रमस्विकृति


आइतबार, भाद्र १० २०८०
1.2K
Shares

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या केही घटेको छ ।

गएको आर्थिक वर्ष रेकर्ड नै ब्रेक हुने गरी नेपालीहरू वैदेशिक रोजगारीमा गएको भए पनि चालु आर्थिक वर्षको पहिलो महिनामा केही सङ्ख्याले घटेको हो ।

वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिएको तथ्याङ्क अनुसार गएको साउन महिनामा वैदेशिक रोजगारीमा जानका लागि नयाँ र पुनः श्रम स्वीकृति गरी ५५ हजार ५७५ जनाले श्रम स्वीकृति लिएका छन् ।

श्रम स्वीकृति लिनेमा सात हजार सात सय २५ जना महिला रहेका छन् भने ४७ हजार ८५० जना पुरुष रहेका छन् ।

पहिलो पटक वैदेशिक रोजगारीमा जान नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या भने ३९ हजार १५२ जना रहेको छ । गएको आर्थिक वर्षको साउन महिनामा ६३ हजारभन्दा धेरैले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए ।

गएको आर्थिक वर्षको सुरुदेखि नै वैदेशिक रोजगारीमा जानेको सङ्ख्या लगातार बढेको थियो । तर आर्थिक वर्षको अन्तिम महिना असारदेखि भने वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या केही घट्न थालेको हो । गएको असारमा ५५ हजार २ सय ९९ जनाले श्रम स्वीकृति लिएका थिए ।

गएको आर्थिक वर्षमा २०७९/०८० मा सात लाख ७१ हजार तीन सय २७ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार