• शनिबार, साउन ९ २०८३

तनहुँमा थप २ जनामा कोरोना पुष्टी, गण्डकीमा संक्रमितकाे संख्या ५६ जना पुग्याे


शुक्रबार, जेष्ठ २३ २०७७
760
Shares

तनहुँ । तनहुँमा थप २ पुरुषमा कोरोना पुष्टि भएको छ । ऋषिङ गाउँपालिका ठेगाना भएका वर्ष ३९ र ४० का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

तनहुँमा आज भेटिएका २ सँँगै संक्रमितको संख्या ३ पुगेको छ । यसअघि जेठ १८ गते सोही गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।

योसँँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ ।

अहिलेसम्म गण्डकी प्रदेशका ११ मध्ये ७ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । संक्रमित नभेटिने जिल्लामा कास्की, मनाङ, मुस्ताङ र गोरखा छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार