• शनिबार, भाद्र २० २०८३

बीमा बोर्डले २६ वटा निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटायो (सूचना सहित)


शुक्रबार, भाद्र ८ २०८०
2.1K
Shares

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले २६ वटा निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटाएको छ ।

स्वास्थ्य बीमा बोर्डले शुक्रबार सूचना जारी गर्दै स्वास्थ्य बीमाअन्तर्गतको स्वास्थ्य सेवा प्रदान गरिरहेका २६ वटा निजी स्वास्थ्य संस्थालाई बोर्डले सूचीबाट हटाएको हो ।

नेपाल सरकारको बजेट वक्तव्यले निर्दिष्ट गर्नु भन्दा अगावै स्वास्थ्य बीमा ऐन अनुसार सम्झौता भएका तर आ.व.२०७९/०८० को बजेट वक्तव्यपछि अस्पतालहरूको सम्झौता अवधि समाप्त भई पुनः नवीकरण नभएका वा हुन नसकी स्वास्थ्य बीमाको सेवा बन्द भएका निजी स्वास्थ्य संस्थाहरू र लामो समयसम्म सम्झौता नवीकरण नगरेका स्वास्थ्य संस्थाहरूलाई सेवा प्रदायक संस्थाहरूको सूचिबाट हटाउने निर्णय गरिएको बोर्डले जनाएको छ ।

सूचीबाट हटाइएका स्वास्थ्य संस्थाहरुमा नेपालगञ्ज मेडिकल कलेज कोहलपुर, चितवन मेडिकल कलेज, बि एण्ड सी मेडिकल कलेज झापा, बिराट मेडिकल कलेज बिराटनगर, नोबेल मेडिकल कलेज बिराटनगर, जानकी मेडिकल कलेज लगायत रहेका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार