गोरखा । जिल्लाका ११ हजार ८०० पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । गत भदौ ५ गतेसम्म उक्त खोप लगाइएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले जनाएको छ ।
जिल्लाका ११ वटै पालिकाबाट ६ हजार ४०० र भेटनरी अस्पतालबाट ५ हजार ४०० पशुलाई खोप लगाइएको केन्द्रकी प्रमुख शर्मिला कुमालले जानकारी दिइन् । गोरखा नगरपालिकाका ५ हजार ६७५, पालुङ्टार नगरपालिकाका ६०० , गण्डकी गाउँपालिकाका ५००, शहिद लखन गाउँपालिका ५०० पशुचौपायालाई खोप लगाइएको छ ।
त्यस्तै भीमसेन थापा गाउँपालिकाका ५००, अजिरकोट गाउँपालिकाका २२५, आरुघाट गाउँपालिकाका ५००, सिरानचोक गाउँ पालिकाका १ हजार ८००, धार्चे गाउँपालिकाका ४००, चुमनुब्री गाउँपालिकाका ५०० र बारपाक सुलिकोट गाउँपालिका ६०० पशु चौपापायलाई खोप उक्त खोप लगाइएको कार्यालयले जनाएको छ ।
उक्त रोग लागेका ६ हजार ९६९ वटा गोरु २ हजार ९४९ भैसी, ८०४५ बाच्छा/बाच्छी, ३९ भैसी, २० राँगो, १६ पाडा/पाडी गरी १० हजार ८३८ पशु निको भइसकेको उनले बताइन् । अहिले सम्म जिल्लामा २० हजार ७२६ पशु संक्रमित भएका छन् । जसमा १२ हजार १०१ गोरु, ६ हजार ५९२ गाई, १ हजार ८२३ बाच्छा/बाच्छी, ११७ भैसी, ३३ रागो, ५६ पाडा/पाडी संक्रमित भएको केन्द्रले जनाएको छ ।
जिल्लाको ११ वटा स्थानीय तहमध्य सवैभन्दा बढि गण्डकी गाउँपालिकामा ३ हजार ४०५ पशु संक्रमित भएका छन् । त्यस्तै सवैभन्दा कम गोरखा नगरपालिकामा ३९८ पशु संक्रमित भएको कार्यालयले जनाएको छ ।
पालुङ्टार नगरपालिकामा ५१६ , शहिद लखन गाउँपालिका २ हजार २३, भीमसेन थापा गाउँपालिकामा १ हजार ८०५, अजिरकोट गाउँपालिकामा १ हजार ४८८, आरुघाट गाउँपालिकामा ३ हजार ३७८, सिरानचोक गाउँ पालिकामा २ हजार २४५, धार्चे गाउँपालिकामा ९८८, चुमनुब्री गाउँपालिकामा २ हजार २७५ र बारपाक सुलिकोट गाउँपालिका २ हजार २०५ पशुहरु संक्रमित भएको उनले बताइन् ।
जिल्लामा ११ सय ८२ पशु मरेका छन् । जसमा सबैभन्दा बढि ७२६ वटा गोरु मरेका छन् । त्यस्तै २९४ वटा गाई, १४० बाच्छा÷बाच्छी, भैसी १४ र ८ पाडा पाडी मरेको उनले बताइन् ।
यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दाना पानी कम खाने, दूध उत्पादन घट्ने छालामा गोली गिर्खा देखिने, र्याल, सिँगान बग्ने, चिप्रा/कचेरा लाग्ने, खुट्टा÷जोर्नी सुन्निने , ह्रयाकुलो सुनीने जस्ता लक्षण देखिने गरेको कार्यालयले जनाएको छ । यस रोगले मुख्यतया जोत्ने गोरु, गाई भैसी कमजोर बस्तुभाउ,उन्नत जातका बढी दूध दिने दुधालु र गर्भिणी गाइभैँसीलाई असर गर्छ ।