• शनिबार, साउन ९ २०८३

रोजगारीका लागि नेपाली कामदार लैजान लेबनानको प्रस्ताव

कुन कुन क्षेत्रमा जान पाइने ?


बिहिबार, भाद्र ७ २०८०
1.3K
Shares

काठमाडौँ । लेबनानले नेपालीलाई रोजगारीकोि लागि लैजान प्रस्ताव गरेको छ । थुप्रै क्षेत्रमा रोजगारीको लागि अवसरहरू रहेको नेपाली कामदार लैजाने प्रस्ताव गरेको हो ।

बिहिबार लेबनानका अवैतनिक महावाणिज्यदूत एलचेख मोहम्मद गोजाएलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँगको भेटमा उक्त प्रस्ताव गरेका हुन् ।

मन्त्रालयका सह–सचिव राजीव पोखरेलले श्रम समझदारी गरेर श्रमिकहरू पठाउने प्रस्ताव गरेको बताए । ‘लेबनानले कामदार लैजाने प्रस्ताव गरेको थियो । श्रम समझदारी गरौँ । श्रमिकहरू पठाऊ भन्ने थियो । हाम्रोमा राम्रो सेवा सुविधा छ । अवसरहरू पनि धेरै छन् भन्नुभएको थियो ।’ पोखरेलले भने ।

लेबनानको प्रस्तावमा मन्त्री भण्डारीले श्रम समझदारीको लागि ड्राफ्ट बनाएर आदानप्रदान गर्ने र सोही आधारमा अगाडि बढ्ने बताएका थिए ।

लेबनानले विशेष गरी घरेलु, निर्माण क्षेत्र र हस्पिटालिटी क्षेत्रका लागि समेत कामदार लैजान सकिने बताएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार