काठमाण्डौ । जन्मदर्ता, शैक्षिक प्रमाणपत्र तथा नागरिकतामा उमेर, नाम, थरलगायत विवरण सच्याउन सरकारले सहज व्यवस्था गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उमेर, नाम र जात सच्याउने (तेस्रो संशोधन) नियमहरु, २०८० संशोधन गरी विवरण सच्याउन पाउने व्यवस्था गरेको हो ।
संशोधन अनुसार अब यसअघिका जुनसुकै समयका प्रमाणपत्र पनि अबको एक बर्षभित्र सच्याउन सकिनेछ ।
यसअघि प्रमाणपत्र पाएका मितिले छ महिनाभित्र सच्याउनका लागि दरखास्त दिनुपर्ने प्रावधान थियो । हाल यो समय बढाएर पाँच वर्ष बनाइएको छ ।
तर, पाँच वर्ष नाघेकाको हकमा पनि यो नियम लागू भएको एक वर्षभित्र दरखास्त दिए सच्याउन सकिने प्रावधान राखिएको छ ।