गोरखा । मृर्गौला पिडितलाई बुंकोटका युवाहरुले आर्थिक सहयोग जुटाइदिएका छन् । शहिद लखन गाउँपालिका वडा नम्बर ९ नामजुङका मृगौला पिडित सुमन श्रेष्ठको उपचारका लागि बुंकोटका स्थानीयले आर्थिक सहयोग जुटाइदिएका हुन ।
केहि समयअघि स्थानीय युवाहरुको पहलमा सुमन श्रेष्ठ बचाउ अभियान सुरु गरेर बिभिन्न माध्यमबाट संलकन भएको रकम उनलाई हस्तान्तरण गरेका छन् । हालसम्म उनको उपचारमा ९ लाख ११ हजार ४ सय ४४ रुपैया रकम संकलन गरेको र यसअघि ८ लाख ८५ हजार ९ सय ३४ रुपैया सहयोग गरिएको स्थानीय राजेश श्रेष्ठले जानकारी दिए ।
त्यस्तै बिहिबार पिडित श्रेष्ठलाई २५ हजार ५ सय १० रुपैया हस्तान्तरण भएको छ । आर्थिक संकलन समितिका संयोजक अमृतबाबु श्रेष्ठले वडा नम्बर ८ का वडाध्यक्ष काशीनाथ अम्गाईको रोहवरमा सुमनलाई सहयोग रकम हस्तान्तरण गरेका हुन ।
समितिले उनको उपचारका लागि सामाजिक सञ्जाल लगायतको माध्यमबाट रकम संकलन गरिदिएको बताइएको छ ।