• शनिबार, साउन ९ २०८३

अमृत साइन्स क्याम्पसमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले लगायो ताला


बिहिबार, भाद्र ७ २०८०
1.7K
Shares

काठमाडौँ । अमृत साइन्स क्याम्पसमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले ताला लगाएको छ ।

पढाइ अनियमित भएको, क्याम्पस प्रमुख क्याम्पसमा नआउने गरेको, क्याम्पसमा आर्थिक अनियमितता भएको भन्दै बुधबार प्रशासनमा ताला लगाएको हो । तालाबन्दीमा अनेरास्ववियु छैटौँले समेत ऐक्यबद्धता जनाएको छ ।

बिएससी सीएसआईटी, बिएससी, एमएससीका पठनपाठन दिनहुँ अवरोध हुने, क्याम्पस प्रमुख विद्यार्थीप्रति गैर जिम्मेवार भएको, स्ववियु लगायतका सङ्गठनहरूसँग प्रतिबद्धता गरेको माग पुरा नगरेको एकेडेमीको आरोप छ ।

एकेडेमिले विगतमा गरेका सम्झौताहरू पुरा गर्ने तथा क्याम्पस प्रमुख लोकबहादुर बरालको राजिनामा नदिए तालाबन्दी नखोलिने एकेडेमिले जनाएको छ ।

तालाबन्दीको समर्थन गरेको अनेरास्ववियु छैटौँले केही दिन अगाडि सीएसआईटी विभागमा तालाबन्दी गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार