• शनिबार, साउन ९ २०८३

काठमाडौंबाट तीर्थयात्री बोकेर महोत्तरी जाँदै गरेको बस दुर्घटना, ७ जनाको मृत्यु


बिहिबार, भाद्र ७ २०८०
2K
Shares

काठमाडौं । मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको चुरियामाईमा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा मधेस प्रदेश ०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

काठमाडौँबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको तीर्थयात्री बोकेको बस सडकबाट तल खहरेमा खसेर भएको दुर्घटनामा घाइते भएका ७ जनाको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा मृत्यु हुनेमा ३ पुरुष र ४ जना महिला रहेका छन् । मृत्यु हुनेमा ६ भारतीय र एक जना नेपाली रहेका छन् ।

बसमा सवार अन्य १७ जना घाइते भएका छन् । उनीहरूको हेटौँडाको चुरेहिल अस्पताल र हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । घटनास्थल चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फ पर्दछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार